अमेरिकाको माथिल्लो सदनमा पनि डेमोक्र्याटिक पार्टीको बहुमत

पौष २३,२०७७

-

पुस २३, २०७७ काठमाडौं ।
 
अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।
 
जर्जिया राज्यमा मंगलबार फेरि गरिएको दुई सिनेटको निर्वाचनमा डेमोक्र्याटिकका उम्मेदवार विजयी भएको न्युयोर्क टाइम्सले जनाएको छ ।
 
दुई सिट जितेसँगै सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको छ । मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन् ।
 
गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको थियो ।
 
जर्जियाको कानुनमा सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्ने व्यवस्था छ ।
 
अब सिनेटमा दुबै पक्षको ५०(५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने छिन् ।
 
कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।