ट्रम्प आफ्नै हर्कतले असफल राष्ट्रपति र असफल राजनीतिज्ञको रुपमा चिनिए

पौष २३,२०७७

-

पुस २३,२०७७ काठमाडौं ।
 
गत नोभेम्बर ३ को चुनावमा भाग लिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग एउटा नारा थियो मेक अमेरिका ग्रेट अगेन १
 
ट्रम्पको यस्तो नाराले अमेरिकी ुनश्लीय शुद्धताु लाई मलजल गर्नुका साथै अमेरिकी फर्स्टको तर्कको प्रतिनिधित्व गर्छ । र पछिल्लो ४ वर्षको अवधिमा यस्तो भावना उनै ट्रम्पबाट नै बढी प्रचारित भएका थिए ।
 
ट्रम्पले आफ्नो कार्यकालमा आफ्नै मेहनतमा गोराहरुको नेता, अस्वेत, महिला र आप्रवासी विरोधी नेताको एउटा प्रष्ट छवि बनाएका थिए । अन्ततः चुनावी परिणाम स्वीकार गर्न उनलाई निकै कठिन भयो ।
 
त्यसको असर अहिले वासिंटन डिसीमा देखिरहेको छ । ट्रम्पका समर्थकहरुको भीडले संसदमै छिरेर हिंसा मच्चाउँदा चार जनाको मृत्यु भइसकेको छ । यस क्रममा ५० भन्दा धेरै पक्राउ परेका छन् । राजधानी वासिंटन डिसीमा अहिले कर्फ्यू लगाइएको छ ।
 
अनपेक्षित रुपमा भएको यस्तो अप्रिय घटनाले ट्रम्पलाई असफल राष्ट्रपति मात्रै नभएर असफल राजनीतिज्ञको रुपमा चिनाएको छ । चुनावी परिणाम सार्वजनिक भएको केही सातापछि उनले आफू चार वर्षपछि फेरि ह्वाइट हाउसमा फर्कनसक्ने अर्थात अर्को चुनावमा भाग लिनसक्ने संकेत त दिएका थिए ।
 
लोकतन्त्रमा त्यो स्वभाविक पनि थियो । तर संसद बैठकमा पद हस्तान्तरणको क्रममा उनले जे जस्तो हर्कत देखाए यसले ट्रम्पलाई २०२४ मा हुने निर्वाचनमा भाग लिन नैतिक रुपमा अयोग्य बनाउनेछ ।
 
सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिएको अमेरिकामा नागरिक स्वतन्त्रता पनि सुनिश्चित छ । तर ट्रम्पले उपभोग गरेको स्वतन्त्रता त स्वतन्त्रता नभएर स्वच्छन्दता सावित भयो । अर्थात् यसलाई अराजकता भन्दा पनि गैर राजनीतिक हर्कतको रुपमा चित्रित गर्न थालिएको छ ।