अन्तराष्ट्रिय प्रसङ्ग
चैत्र १६,२०७३
-
१६,२०७३चैत्र,श्रीनगर-
एजेन्सी-
भारत प्रशासित जम्मु कश्मीरको बडगाम जिल्लामा विद्रोही र सुरक्षाकर्मीबीच भएको भिडन्तमा चार जना विद्रोही मारिएका छन् ।
मङ्गलबार दुई पक्षीय बीच भिडन्त हुँदा चार जना विद्रोही मारिएका छन् भने ६३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
भारतीय सुरक्षाकर्मीले दिएको जानकारीअनुसार एक विद्रोही घटनास्थलमै मारिएका छन् भने सुरक्षाबलमाथि ढुंगा प्रहार गरिरहेका ३ जनाको पनि सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ ।
विद्रोहीको आक्रमणबाट सिआरपिएफ र प्रहरीका जवानसहित ७२ जना घाइते भएका छन् ।
घण्टौंसम्म भएको भिडन्तमा विद्रोहीतर्फ १९ जना भाइते भएका छन् । राष्ट्रिय राइफल्सका एकजवान विद्रोहीको गोलीबाट गम्भीर घाइते भएका छन् । बडगामको चदुरा इलाकामा २ जना आतंककारी लुकेको जानकारी पाएलगत्तै भारतीय सुरक्षाबलले मंगलबार बिहानै सर्च अपरेसन सुरु गरेको थियो ।
सुरक्षाबलले विद्रोही लुकेको ठाउँमा छापा मारेपछि त्यहाँका स्थानीयले उनीहरूलाई बचाउन सुरक्षाकर्मीमाथि आक्रमण सुरु गरेको प्रहरीले बताएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार