मेनुका परियारको स्वर रहेको गीत “माया काखैमा” सार्वजनिक

पौष २५,२०७७

-

पुस २५,२०७७ काठमाडौं । 
 
गायक दिनेश क्षत्रीको नयाँ सांगीतीक कोसेली “माया काखैमा” भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा दिनेश क्षत्री र पछिल्लो समयकी भाईरल गायिका मेनुका परियारको स्वर रहेको छ भने सबिता चिलुवालको शब्द, चर्चित संगीतकार सुजन लम्सालको संगीत रहेको छ । यस गीतको एरेञ्ज डोलराज बारघरेले गरेका हुन् ।
 
गायक दिनेश क्षत्री कै निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु रामजी खाण, सुजन लम्साल, दिनेश क्षत्री, मेनुका परियार, सिताराम परियार आदीको अभिनय रहेको छ ।
 
यस गीतलाई बासुकी क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने सुजन लम्सालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।