Trending :
 

आर्थिक प्रसङ्ग

एभरेष्ट बैंक सहित तीन कम्पनीको हकप्रद भर्ने आज अन्तिम मिती

श्रावण २२,२०७४

-

२२ श्रावण,काठमाडौँ- आज एभरेष्ट बैंक सहित तीन कम्पनीको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । आज एभरेष्ट बैंक, पूर्णीमा विकास बैंक र गुडविल फाइनान्सको हकप्रद भर्ने अन्तिम दिन हो । एभरेष्ट बैंकले गत असार १८ गते देखि तीन शेयर बरावर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। बैंकले प्रति शेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रदबाट बिक्री गरेको हो। असार ६ गतेसम्म कायम भएका शेयर धनीले एभरेष्टको हकप्रद किन्न पाउने निष्कासन तथा विक्री प्रवन्धक एनआबिएल क्यापिटलले यसअघि नै उल्लेख गरेको थियो। बैंकको हालको चुक्ता पूँजी चार अर्ब ५२ करोड रहेको छ। हकप्रदको निष्काशन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब तीन करोड रुपैयाँ पुग्ने छ। पूर्णिमा बिकास बैंकले गत असार १९ गते देखि चार कित्ता बराबर एकको अनुपातमा हकप्रद बिक्री गर्दै आएकोमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।