मंगलबार ४३० जनामा कोरोना पुष्टि, हालसम्म २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त

पौष २८,२०७७

-

पुस २८,२०७७ काठमाडौं । 
 
नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार रहेको छ ।
 
पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ३५८ पुगेको छ ।
 
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
 
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ