Trending :
 

खेलकुद गतिविधि

इङ्ल्यान्ड फर्कने चाहनामा रोनाल्डो

श्रावण २३,२०७४

-

२३,श्रावण/म्याड्रिड-

रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको भन्दै आफू इङ्ल्यान्ड फिर्ता हुन चाहेको खुलासा गरेका छन् ।

रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ । रोनाल्डोले बेलायती भर्जिज आइलेन्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए ।

यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आएका छन् । स्पेनमा उच्च तहका सबैफुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गरे

उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भए अदालतमा हाजिर गराइने थिएन भनेका छन् ।