पेट्रोल र डिजेलको भाउ दुई रूपैयाँले बढ्यो

माघ ०६,२०७७

-

माघ ६,२०७७ काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।