बिमल राज क्षेत्री र टीका क्षेत्रीको स्वरमा रहेको गित “जाम हिड धनगढी” सार्वजनिक

माघ ०८,२०७७

-

माघ ८, २०७७ काठमाडौं ।
बिमलराज क्षत्री र चेत बहादुर सिंह (राजा) को नयाँ गीत “जाम हिड धनगढी” सार्वजनिक भएको छ ।  गीतमा बिमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ भने बिमल राज क्षत्रीको शब्द, संगीत रहेको छ । गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् ।
 
दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ । गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो । “जाम हिड धनगढी” गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको हे।
 
उक्त गीतको भिडियोमा चेत बहादुर सिंह ९राजा०, आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल लगाएतको अभिनय हेर्न पाईन्छ ।
 
गीतको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला -
 
https://youtu.be/xGRaN4QnSdc