प्रधानमन्त्री कपमा एपीएफसँग गण्डकी ६ विकेटले पराजित

माघ ०८,२०७७

-

माघ ८, २०७७ काठमाडौं ।
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।
 
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई-दुई विकेट लिए ।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए । 
 
यो जितसँगै समूह ए को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
 
गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।