नेप्सेमा छलाङ: बिहीबार १ करोड ७२ लाख कित्ता कारोबार

माघ ०८,२०७७

-

माघ ८, २०७७ काठमाडौं ।
सेयर बजार परिसूचक ९नेप्से० आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो । 
 
यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ । 
 
यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 
 
१२ वटा उपसूचकमध्ये बिहीबार बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा क्षेत्रको वृद्धि सबैभन्दा बढी ४.९४ प्रतिशतले बढेको छ । 
 
यो दिन सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत २३ कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकले भने आज सबैभन्दा बढी ६.८४ प्रतिशत मूल्य गुमाएको छ । 
 
समग्र बजार बढ्दा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।