भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरी मुख्यमन्त्री बनेकी छन् । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाईएको हो।
राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनेको बीबीसी हिन्दीले खबर लेखेको छ ।
गोस्वामीलाई आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्रीमा नियुक्त गरिएको उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिइन ।
नेगीका अनुसार किशोरीहरुलाई सशक्तिकरणको बारेमा चेतना फैलाउने उदेश्यले उत्तराखंड सरकारले सृष्टिलाई एक दिनका लागि मुख्यमंत्री बनाउने निर्णय गरेको थियो ।
सोशल मिडियामा जारी विज्ञप्तिमा सृष्टिले बनेकि छन्, एक दिनको मुख्यमंत्री बन्ने अवसर पाएकोमा म धेरै खुसी छु। उत्तराखंड सरकारका विभिन्न विभागहरूको प्रस्तुति पछि उनीहरुलाई मेरो सुझाव दिनेछु। विशेष गरी किशोरीहरूलाई म उनीहरूको सुरक्षामा सम्बन्धित सुझाव पनि दिन्छु ।
बीएससी कृषि पढ्ने सृष्टिका बुबा गाउँमा पसल चलाउछन् र उनकी आमा आंगनवाडी कामदार हुन। दुबैले उत्तराखण्डका मुख्यमन्त्रीलाई छोरीलाई दिएको अवसरका लागि धन्यवाद दिएका छन्।