Trending :
 

आर्थिक गतिविधि

रसुवागढी जलविद्युत कम्पनीले २४ प्रतिशत सेयर निष्कासन गर्ने

'आयोजना प्रभावित क्षेत्रका लागि छुट्टयाइएको १० प्रतिशत सेयर समेत यसै वर्ष जारी गरिने'

चैत्र १६,२०७३

-

१६,२०७३चैत्र,काठमाडौँ-

रसुवागढी जलविद्युत कम्पनीले २४ प्रतिशत सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले कर्मचारीका लागि छुट्टयाइएको २४ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्टयाइएको १० प्रतिशत सेयर समेत  यसै वर्ष जारी गरिने कम्पनीले जानकारी दिएको छ  । 

रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको आयोजनाको सेयर यसै आार्थिक वर्षभित्र निष्कासन गर्ने तयारी गरिएको छ । 

पहिलो लटमा कर्मचारी सञ्चय कोषका संचयकर्ता,नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीले यो सेयर खरिद गर्न पाउने छन् ।
सञ्चय कोषका करिब ५ लाख  संचयकर्ताका लागि साढे १९ प्रतिशत, प्राधिकरणका लागि साढे ३ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ ।

कम्पनीका कार्यकारी प्रमुख माधव कोइरालाका अनुसार,चालु आर्थिक वर्ष भित्रै सेयर निष्कासन गर्ने गरी काम भइरहेको छ ।

कम्पनीले सिद्धार्थ क्यापिटललाई प्रमुख सेयर निष्कासनकर्ता तोकेको छ । एनआइबिएल, ग्लोबल आइएमई र एनसिएम मर्चेन्ट बैंकिङलाई सह-निष्कासन कर्ता नियुक्त गरिएको छ ।