श्रावण २४,२०७४
-नवभारत टाइम्सबाट
२४ श्रावण,काठमाडौँ- ‘
द कपिल शर्मा शो’ सँग सम्बन्धित सबै हल्लालाई विराम दिँदै सोनी एन्टरटेनमेन्ट च्यानल र कमेडियन कपिल शर्माले आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
कपिलले सोनीसँग एक वर्ष थप करार गरेका छन् ।सोनीका प्रमुख दानिश खानले यसबारेमा बताए, ‘द कपिल शर्मा शोले हरेक सप्ताहान्तमा संसारभरिका करोडौं दर्शकका अनुहारमा मुस्कान ल्याउँछ ।
कपिल असाधारण प्रतिभा भएका मानिस हुन् र हामी उनीसँग सम्झौता बढाएर उनीसँगको नाता अझै बलियो बनाउन चाहन्छौं ।
यो शो र यसका कलाकारहरूले संसारभरिका मानिसलाई हँसाइरहनेछन् ।’ यस विषयमा कपिलको भनाइ छ, ‘मैले यत्तिका वर्षदेखि दर्शकहरूबाट जुन प्रेम र आफ्नोपन पाएको छु त्यसले मेरो हृदयलाई छोएको छ । उहाँहरूको विश्वास र प्रेमले मलाई केही नयाँ गर्न र हरेक हप्ता प्रत्येक दर्शकको घरमा खुशी ल्याउन प्रोत्साहन गर्छ ।
म सोनी च्यानलप्रति आभारी छु किनकि उसले ममाथि र हाम्रो शोमाथि विश्वास कायम राख्यो र प्रत्येक हप्ता मनोरञ्जन ल्याउने अवसर दियो ।’
प्रमुख समाचार