आईसीसीले अबदेखि हरेक महिना उत्कृष्ट खेलाडीलाई अवार्ड दिने

माघ १४,२०७७

-

माघ १४, २०७७ काठमाडौं ।
 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अबदेखि हरेक महिना उत्कृष्ट खेलाडीको अवार्ड दिने भएको छ  ।
 
हरेक महिना अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गर्ने एक पुरुष र एक महिला खेलाडीलाई आइसीसीले प्लेयर अफ दी मन्थुको अवार्ड दिने भएको छ ।
 
आइसीसीले स्वतन्त्र भोटिङका आधारमा हरेक महिनाको उत्कृष्ट खेलाडीको घोषणा गर्ने भएको छ । जसमा पूर्व खेलाडी, ब्रोडकास्टर्स, पत्रकारको भोट रहनेछ ।
 
महिला र पुरुषमा शीर्ष तीन(तीन खेलाडीलाई मनोनयनमा राखिनेछ । उनीहरुको मैदानमा गरिएको प्रदर्शनका आधारमा मनोनयनमा राखिनेछ ।
 
सर्टलिष्टमा रहेका खेलाडीलाई भोटिङका आधारमा विजेता घोषणा गरिनेछ । भोटिङ एकेडेमीले सबै भोटलाई इमेलबाट पठाउनेछ । यो अवार्ड हरेक महिनाको पहिलो तारिखमा दिइने आइसीसीले जनाएको छ ।