चैत्र १० गतेदेखि सूदुरपश्चिम अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

माघ १५,२०७७

-

माघ १५, २०७७ काठमाडौं ।
चिसापानी एडभेन्चर रिसोर्ट मोहन्याल ०७, चिसापानी, कैलालीले आगामी चैत्र १० गतेदेखि चैत्र १६ गतेसम्म सूदुरपश्चिम अन्तरपालिकास्तरीय ‘बीच’ भलिबल प्रतियोगिता तथा साँस्कृतिक महोत्वस खेलकुद पर्यटन तथा सांस्कृतिक प्रर्वद्धन तथा सम्र्वद्धन कार्यक्रम गर्ने भएको छ । 
 
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा चिसापानी एड्भेन्चर रिसोर्टका प्रवन्ध निर्देशक तपेन्द्र रावलले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् । 
 
उनको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘यो रिसोर्टले हाल सिटिईभिटीको होटल म्यानेजमेन्टका छोटो अवधिका कार्यक्रम संचालन गरिरहेको छ । 
 
यस रिसोर्टले वेरोजगार युवालाई सीप सिकाएर रोजगारी प्रदान गर्ने गर्दछ । यसको मुल उद्धेश्य भनेको “सीप हातमा, रोजगारी साथमा” । यो रिसोर्ट Adventure Theme मा आधारित छ । 
 
नेपालका Geographical diversity / Natural Resouce लाई केन्द्रबिन्दु राख्दै Sustainable Tourism को सम्बद्र्धन र प्रबद्र्धन गर्ने यस रिर्सोटले लक्ष्य लिएको छ ।’
 
रावलले उक्त कार्यक्रमको मुख्य उद्धेश्य भनेको कोरोना भाइरसले तहसनहस बनाएको पर्यटन क्षेत्रलाई खेल पर्यटन तथा साँस्कृतिक महोत्सवबाट पुनः जिवित गर्नु रहेको पनि स्पष्ट पारे ।