युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न हुँदैन्ः प्रधानमन्त्री ओली

माघ २०,२०७७

-

माघ २०, २०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने तर्क गरेका हुन ।
 
उनले खेलकुदमा नेपाल किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिँदै भने, ‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्याँक्दा किन हार्ने रु कक्रेटमा किन हार्नु परेको छ ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो । एउटा कुस्ती हार्‍यौं,’ उनले भने।
 
ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको बताए। त्यसका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनले बताए ।
 
‘मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोटनमा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ,’ उनले भने।
 
खेलाडीको कदर गर्न आफूले नै सुरु गरेको ओलीले बताए । उनले यो क्रम अझै बढने बताए। ‘कामको कदर गर्न अलि धित मर्नेगरी मैले नै सुरु गरेको होला। अझै अघि बढने छ,’ उनले भने।
 
खेल क्षेत्रको बजेट बढ्छ
 
प्रधानमन्त्रीओलीले खेलकुद क्षेत्रका लागि बजेट बढ्ने आश्वासन दिएका छन्। कोरोनाका कारणले यस आर्थिक वर्षमा बजेट घटेको उनले बताए ।
 
उनले भने, ‘सन् २०२१ भित्रै कोरोना लेखेट्छौं। पहिलेको भन्दा बजेट बढेर आउँछ।’
 
‘कतिपय स्थानमा एकपटक बजेट छुट्याएपछि फेरि दिनुपर्दैन। जस्तो कि, स्टडेयिम बनेपछि फेरि दिनुपर्दैन। सरकारको गच्छे अनुसार बिना कन्जुस्याइँ बजेट छुट्टिन्छ’, प्रधानमन्त्री ओलीले भने।
 
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रलाई अनुत्पादक भन्न नमिल्ने बताए ।