महाकाली-मेची साइकल यात्रा सुरु (फोटोफिचर)

माघ २१,२०७७

-उमा के.सी.

माघ २१,२०७७ काठमाडौं ।
महाकाली मेची-साइकल यात्रा सुरु भएको छ ।
 
हिंसा रहित समाज र स्वच्छ वातावरण संरक्षण भन्ने नारा सहित शाकाहार प्रवर्द्धन गर्ने उदेश्यले १५ दिनेमहाकाली मेची साइकल शान्ति यात्रा आज ललितपुरबाट सुरु भएको हो ।
 
बुढानीलकण्ठ राइडर्स क्लबको आयोजनामा भएको साइकल यात्रामा सहभागी समुहलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्का लगाएतले एक कार्यक्रमकाबीच विदाई गरेका छन् ।
 
मेयर महर्जनले ललितपुरमा साईकल मार्गहरु धमाधम बनिरहेको बारे जानकारी गराए ।
 
संयोजक खड्काले काठमाडौं उपत्यकालाई साईकलको शहर बनाउनुका साथै प्रसस्त साईकल मार्गहरु निर्माण गर्न अपिल गरे । 
 
ललितपुर महानगरपालिकाबाट सुरु भएको साईकल यात्रालाई पूर्व ट्राफिक प्रहरी निरीक्षक एंव महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुको नेतृत्वमा स्कटिङ गरिएको थियो । साईकल यात्री उपत्यका सहित विभिन्न जिल्लाहुँदै महाकालीबाट मेची पुगेर फर्किने छ । साईकल यात्रामा ११ जनाको समुह रहेको छ ।
 
साइकल यात्राका लागि सहजिकरण गरिदिएकोमा ललितपुर महानगरपालिकाका कार्यलय सचिव इन्द्र बज्र्रचाय तथा समाजसेवी राजेन्द्र केसीलाई धन्यवाद ज्ञापन गरियोे ।
 
 
No description available.
No description available.
 
No description available.

No description available.No description available.