Trending :
 

म्यान्मार नेतृ सुकीविरुद्ध प्रहरीले मुद्दा चलायो

माघ २१,२०७७

-

माघ २१,२०७७ काठमाडौं ।
सैनिक ‘कु’ को शिकार बनेकी नेतृ आङ सान सुकीविरुद्ध म्यान्मारको प्रहरीले मुद्दा चलाएको छ । आयात-निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो । समाचार एजेन्सी रोयटर्सले बुधबार फेला पारेको प्रहरी दस्तावेजअनुसा सुकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएको छ । 
 
राजधानी नेपिदोस्थित प्रहरी स्टेशनबाट प्राप्त दस्तावेजअनुसार सुकीको घरमा छापा मारेका सैन्य अधिकारीहरुले यसक्रममा हाते रेडियोहरु बरामद गरेका छन् । यी रेडियोहरु अवैधाकि रुपमा आयात गरिएको र बिना अनुमति प्रयोग गरिएको दस्तावेजमा उल्लेख छ । अपदस्थ राष्ट्रपति विन माइन्टविरुद्ध पनि प्राकृतिक विपद् व्यवस्थापन कानूनअन्तर्गत प्रहरीले अभियोग दर्ता गराएको छ ।