अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनीति खाए खा, नखाए घिच” (भिडियोसहित)

माघ २१,२०७७

-आस्था न्यूज

माघ २१,२०७७ काठमाडौं ।
नेपालमा राजनीतिक खिचातानी बढिरहेका बेला गजलकार अञ्चल शाहीको नयाँ गीत “नेपालको राजनिती खाए खा नखाए घिच” सार्वजनिक भएको छ ।
 
गीतमा अञ्चल शाहीकै शब्द रहेको छ भने सुवास थापा मगरको संगीत रहेको छ ।
 
गीतमा सुवार थापा मगर, दिपक घर्ती मगर, मुकेश पुलामी मगर, रुपी सिंजाली, किशान काले, मनु सापकोटा, प्रकाश रसाईली भाबुक, अशिम चन्द बिक, प्रकाश गौतम र चक्र बिकको स्वर रहेको छ ।
 
गीतको निर्माता कमल बिम्ब हुन् भने एरेञ्ज डोलराज बारघरे मगरले गरेका हुन् ।
 
अञ्चल शाहीकै निर्देशन रहेको गीतमा समिर रामदाको छायांकन, सम्पादन रहेको छ । 
 
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-
https://youtu.be/BdXXMb7FkYY