गायिका अञ्जु पन्त बिवाहको तयारीमा, कोसँग हुदैछ बिहे ?

माघ २२,२०७७

-

माघ २२, २०७७ काठमाडौं ।
गायिका अञ्जु पन्तको विवाहको तयारीमा छिन्। उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने तयारी गरिरहेकी छन्।
 
अन्जुसँग विवाह कहिले हुन्छ भन्‍ने प्रश्नमा थीरले भने, ‘हामी एक वर्ष अगाडि विवाह गर्ने योजनामा थियौँ, तर मिडियामा कुरा बाहिरिएपछि कहिले गर्ने भन्‍नेबारे सल्लाह हुँदैछ।’
 
केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्। अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्‍जुले दिने प्रायस् हरेक अन्तर्वार्तामा पनि भन्‍दै आएकी थिइन्।
 
यता, विवाहबारे अहिले भने परिवारको निर्णयलाई नै कुरेको कोइरालाको भनाइ छ।  अञ्जुलाई थीरले टेलिभिजन अन्तवार्ताको क्रममा भेटेका थिए। २०१३ को अन्त्यतिर पहिलोपल्ट भेट भएपनि सम्पर्क नियमित नभएको उनले बताए।
 
‘अञ्जु जीसँग राम्रोसँग कुराकानी चिनजान भएको मात्र ३ वर्षजति भयो।’ थीरले भने, ‘हामी समान धार्मिक आस्था राख्छौँ, त्यसैले विचार मिल्थ्यो। हामीले धेरैपल्ट  सँगै काम गर्ने मौका पनि पाएका छौँ। त्यसरी नै नजिक पनि भएका हौँ।’
 
गायिका पन्तको फाउनडेशनमा पनि थीरले काम गरेका छन्। साथी हुँदै उनीहरु जीवनसाथी बन्‍ने योजनामा रहेका छन्।
 
नयाँ जीवन सुरु गर्ने निर्णय लिनुभन्दा अगाडि सबै कुराकानी भएको र आफूलाई अञ्जुको पछिल्लो जीवनको घटनाले खासै फरक नपार्ने थीरले बताएका छन्।
 
थीरले पारितोषिका आफ्नो साथी जस्तै भएको बताएका छन्। देश सञ्‍चारबाट