आर्थिक प्रसङ्ग
श्रावण २६,२०७४
-रासस
२६ श्रावण,काठमाडौँ-
एनआईसी एसिया बैंक दुर्गम क्षेत्रको पहिलो बैंक बनेको छ । बैंकले बाजुराको मार्तडीमा आफ्नो शाखा विस्तार गरेपछि दुर्गम क्षेत्रको पहिलो बैंक बनेको हो ।
बाजुरामा जाने वाणिज्य बैंकहरूमा यो बैक पहिलो निजी वाणिज्य बैंकको रूपमा चिनिएको छ । यस बैंकले मार्तडीका ४ हजार स्थानीय बासिन्दालाई वित्तीय सेवा पु¥याउने उद्देश्यका साथ एनआईसी बैंक त्यस स्थानमा पुगेको हो । बैंकको यस कार्यमा सक्षमले सहयोग गरेको छ ।
‘साथीसँगै सक्षम बन्दै’ भन्ने नारासहित सक्षम र एनआईसी एसिया बैंकले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सक्षमका टिम लिडर बलजित बोहरा र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । बाजुरा जस्तो अति दुर्गम क्षेत्रका जनतालाई वित्तीय सेवा दिन तथा वित्तीय पहुँच बढाउन सक्षमले निकै सहयोगी भूमिका खेलेको प्रमुख कार्यकारी अधिकृत रिसालले बताए ।
उनले बाजुराको मार्तडी जस्तो दुर्गम क्षेत्रमा पुगेर वित्तीय सेवा दिन सकेकोमा खुसी व्यक्त गरे । बैंकका ८० वटा शाखाबाट विपन्न वर्ग कर्जा दिँदै आएको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत रिसालले आगामी २०२० सालसम्म आफ्नो सेवा क्षेत्र ८० प्रतिशत सेवा पु¥याउने उनले बताए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले राष्ट्र बैंकको मूल लक्ष्य मुलुकभर वित्तीय पहँुच विस्तार गर्ने रहेको बताए ।
उनले वित्तीय समावेशीकरण र वित्तीय साक्षरतालाई विस्तार गर्दै लैजाने काममा राष्ट्र बैंक लागिपरेको बताए । हाल बैंकका मुलुकभर १ सय १९ वटा शाखा तथा ६८ वटा एटीएम सञ्चालनमा छन् । त्यस्तै, ४ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
प्रमुख समाचार