नेपाल भाषाको नयाँ गित ‘छँगु हे खँला खः’ सार्वजनिक

माघ २५,२०७७



माघ २५,२०७७ काठमाडौं ।
नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको आवजमा सजिएको नयाँ गित  ‘छँगु हे खँला खः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार जुगल डंगोलको संगीत रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ ।
 
छायांकन तथा सम्पादन बिजन बज्राचार्यको रहेको सार्बजनिक भिडियोलाई  बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल तथा नायिका रन्जना सितिखु र अमोघवीर बज्राचार्यलाइ फिचर्ड गरिएको छ।
 
पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल प्रशिद्ध मोडल तथा नायिका रन्जना सितिखु अभिनित भिडियोमा  मंजिल शाक्य , सुजाता शाक्य बज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र दृष्टि  शाक्यको समेत अभिनय रहेको छ।