बायर्न म्युनिख विश्वकप फुटबलको फाईनलमा प्रवेश

माघ २७,२०७७



माघ २७, २०७७ काठमाडौं ।
जर्मन फुटबल क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
 
कतारमा जारी प्रतियोगिताको सेमिफाईनलमा इजिप्टको अल आहली फुटबल क्लबलाई २-० ले हराउँदै बायर्न फाईनलमा पुगेको हो ।
 
खेलमा बायर्न म्युनिखलाई विजयी गराउन पोल्याण्डका खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। जितसँगै बायर्न म्युनिखले मेक्सिकोको टिग्रेस विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।
 
पहिलो सेमिफाईनल खेलमा ब्राजिलको पाल्मेरासलाई हराउँदै टिग्रेस फाईनलमा पुगेको थियो । फिफा क्लब विश्वकपको फाईनलमा पुग्ने टिग्रेस पहिलो मेक्सिकन फुटबल क्लब हो ।
 
क्लब विश्वकप फुटबलमा फिफाका ६ वटा क्षेत्रिय तथा महादेशीय च्याम्पियनहरुले सहभागिता जनाएका छन् ।
 
एजेन्सी