पेट्रोलियम पदार्थमा फेरी मूल्यवृद्धि

फाल्गुण ०५,२०७७

-

फागुन ५,२०७७ काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुने पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ वृद्धि गरेको हो । 
 
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११४ रुपियाँ र डिजेल, मट्टीतेल प्रतिलिटर ९७ रुपियाँ कायम भएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँ वृद्धि गरी ६७ रुपियाँ कायम भएको छ । 
 
हवाई इन्धनको अन्तर्राष्ट्रियतर्फ र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।