सुदीप लम्सालको शब्द रचनामा- तिमी हौ भिडियो सार्वजनिक

फाल्गुण ०७,२०७७

-आस्था न्यूज

फागुन ७,२०७७ काठमाडौं ।
अनलाईन गायन प्रतियोगिताको बिजेता सन्तोष कुमार लम्साल र रोशनी राऊतको स्वरमा रहेको गित" तिमी हौ" को भिडियो सार्वजनिक भएको छ । फरक तर मिठो स्वरमा सार्वजनिक भएको यस गितको म्युजिक भिडियोमा दमदार नृत्य र मनोरम दृश्यको छायांकन देख्न पाइन्छ।
 
युवा पुस्तालाई लक्षित गरी कथालाई नृत्य मार्फत देखाईएको यस भिडियोमा सुदिप लम्सालको राम्रो निर्देशन रहेकोले यसलाई सबैले मन पराउने प्रोडक्सन म्यानेजर हिमाल लम्सालले बताउनुभयो। भोजप्रसाद लम्साल र सरस्वती लम्सालले निर्माण गर्नु भएको यस गितमा सुदीप लम्सालको शब्द र कमल खत्रीले संगीत भरेका छन् । विनय कार्की क्षेत्रीको एरेन्ज रहेको छ ।
 
गितको भिडियोमा सन्ध्या कोइराला, रश्मी आचार्य, प्रगति गौडेल, सन्तोश बस्नेत, अमित थिङ, अजित महर्जन, अर्जुन कार्की, सन्दीप कुमार रामलाई देख्न सकिन्छ ।
भिडियो एडिट पवन सुश्लिङले गरेका हुन् ।
 
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस-
 

https://youtu.be/HtHCwwgx_EA