उपत्यकासहित देशभर गर्मी बढ्न थाल्यो

फाल्गुण १०,२०७७

-

फागुन १०,२०७७ काठमाडौं ।
काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ ।
 
तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
काठमाण्डौको तापक्रम पनि २३र२४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिजो काठमाण्डौको तापक्रम २३ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाण्डौको तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना छैन ।
 
पर्सि भने प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।