स्वास्थ्य उपचार पछि झलनाथ खनाल स्वदेश फिर्ता
फागुन ११, २०७७ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी आज स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री खनाल आफ्नी धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए ।
चिकित्सकका अनुसार खनालको स्वास्थ्यावस्थामा सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।