साउदी पत्रकार खशोग्जी हत्याको रिपोर्ट सार्वजनिक गर्ने अमेरिकाको तयारी

फाल्गुण १४,२०७७

-

फागुन १४, २०७७ काठमाडौं ।
अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ । रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेदार ठहर्याइएको अनुमान गरिएको छ ।
 
पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत पारिएको थियो ।
 
खशोग्जीलाई साउदी अरबका शासकको आलोचक मानिन्थ्यो । त्यसैले उनको हत्या साउदी राजकुमारले नै गराएको अनुमान छ । यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका छन् ।
 
अमेरिकाले आगामी बिहीबार खशोग्जी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बीबीसीले जनाएको छ । अनुसन्धान रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ ।