शुक्रबार सुन प्रतितोला ८८ हजार ८०० मा कारोबार

फाल्गुण १४,२०७७

-रासस

फागुन १४, २०७७ काठमाडौं ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ ।  छापावाला सुन आज तोलामा रु ८८ हजार ८००  मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । 
 
यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो । 
 
यसैगरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।