सेयर खरिद बिक्रीमा एनआइसी एसिया बैंक अग्रस्थानमा

फाल्गुण १६,२०७७

-आस्था न्यूज

फागुन १६,२०७७ काठमाडौं ।
सेयर बजारमाआइतबार ३३.६७ अंकको गिरावट आएको छ । ८ अर्ब ४० करोड कारोबार भएको सेयर बजार २६०७.६७ बिन्दुमा अडिएको छ । आज जलविद्युत र अन्य समुह बाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । 
 
घटेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । आज यसको सेयर मूल्य प्रतिसेयर ६ सय ६० रुपैयाँ काम भएको छ । ६ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि बृद्धि भएको छ भने निफ्रा सहित २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ ।
 
खरिद बिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।