इंग्लिस प्रिमियर लिगमा एभर्टनको संघर्षपूर्ण जित

फाल्गुण १८,२०७७

-

फागुन १८, २०७७ काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ ।
 
सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १(० गोलले पराजित गरेको हो ।
 
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
 
जितसँगै एभर्टन ५ खेलमा ४३ अंकसहित सातौँ स्थानमा पुगेको छ । पराजित साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४औँ स्थानमा छ ।