गायक कमल खनालको नयाँ गीत “जाले रुमाल” सार्वजनिक

फाल्गुण २०,२०७७

-आस्था न्यूज

फागुन २०, २०७७ काठमाडौं ।
गायक कमल खनालको नयाँ सांगीतीक कोसेली “रुमाल” सार्वजनिक भएको छ । गीतमा कमल खनाल र अञ्जु पन्तको स्वर रहेको छ भने कमल खनालकै शब्द, संगीत रहेको छ ।
 
प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेती र बिनोद अधिकारीको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा कलाकारहरु पल शाह र गरिमा शर्माको अभिनय रहेको छ । यस गीतलाई कमल खनालको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्-
https://youtu.be/Nzev1Ht4JzM