बिहिबार थप १०७ जनामा कोरोना संक्रमण, देशभर ७९५ सक्रिय संक्रमित

फाल्गुण २०,२०७७

-

फागुन २०,२०७७ काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ३७ महिला र ७० पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 
५५ सय ३६ स्वाब नमूना परीक्षण गराउँदा १०७ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।  
 
यस्तै बिहीबार थप ७८ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।
 
देशभर सक्रिय संक्रमितको संख्या भने ७९५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
 
यस्तै अहिले ५७ जना क्वारेन्टिन र ७९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।