न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

फाल्गुण २१,२०७७

-

फागुन २१,२०७७ काठमाडौं ।
न्युजिल्याण्डमा तीनपल्टसम्म  शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ ।
 
त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो ।
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।
 
त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।
 
बिहीवार दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७।२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । उक्त शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको हो । एजेन्सी