Trending :
 

मुलुकमा व्यावसायिक गतिविधि गर्न उपयुक्त वातावरण बनेको छः वरिष्ठ उपाध्यक्ष ढकाल

फाल्गुण २३,२०७७

-

फागुन २३, २०७७ काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको छ । 
 
शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड-१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ । 
 
बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गालि गरेर बस्ने अवस्था नरहेको बताउनुभयो ।
 
“अहिले बैंकको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ । स्प्रेड दर पनि केन्द्रीय बैंकले तोकेको दरभन्दा पनि तल झरिसकेको छ । अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्ने बेला आएको छ,” उहाँले भन्नुभयो । 
 
मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उहाँले यसका लागि महासंघले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताउनुभयो । 
 
उहाँले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नएको बताउनुभयो ।