रुद्रसेन बिश्वकर्माको मैथिली गित-आबन बैठ भट्भटिया पऽ सार्बजनिक

फाल्गुण २३,२०७७

-आस्था न्यूज

फागुन २३, २०७७ काठमाडौं ।
 
नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको मैथिली  गित ुआबन बैठ भट्भटिया पऽु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गीतमा गायक रुद्रसेनकै शब्द, सङ्गीत रहेको छ ।
 
 प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको भिडियोमा नबिन गिरीले छायांकन गरेका छन् । म्युजिक भिडियोमा रुद्रसेन बिश्वकर्मा, लजिना सुबेदी, लिजा कौसल, पुजा ठाकुर, माहि खान, रोजिना क्षेत्रि र सबिका भट्टराईलाइ फिचर्ड गरिएको छ। 
 
 भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।