विदेश यात्रामा कोरोना खोप अनिवार्य नगर्नुः डब्लुएचओ

फाल्गुण २५,२०७७

-

फागुन २५, २०७७ काठमाडौं।
विश्व स्वास्थ्य संगठनल (डब्लुएचओ) अन्तर्राष्ट्रिय ९विदेश० यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने जनाएको छ ।
 
संगठनका एक अधिकारी डा. माइकल रियानले सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने बताए । संगठनले यस्तो गर्नु अव्यवहारिक हुने जनाएको छ ।
 
कुन खोपले कति समयसम्म काम गर्छ भन्ने विषयमा पुष्टि नभइसकेको र अध्ययनको क्रममा रहेको डा. रियानले बताए । यस्तो अवस्थामा खोप लगाएको व्यक्तिलाई सुरक्षित मान्ने वा नमान्ने भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ ।