सेयर बजार आजपनि ओरालोतर्फ

फाल्गुण २६,२०७७

-

फागुन २६,२०७७ काठमाडौं ।
बुधबार सेयर बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट आएको छ । 
 
यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि  छ भने ६ वटा उप समुहमा गिरावट छ । 
 
जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । 
 
घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो  । 
 
घलेम्दी हाइड्रोपावरको पनि आज सेयर मूल्य बढेको छ । यसको सेयर ९.९२ प्रतिशतले बढेको हो । यसको सेयर मूल्य १ सय ४४ पुगेको छ । आज नेपाल टेलिकम र पूर्वाधार बैंक ९निफ्रा० को कारोबार बढी छ ।
 
 नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने निफ्राको २० करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 
बुधबार समग्र सेयर बजार ०.१४ प्रतिशतले घटेर २४५८.३८ बिन्दुमा रोकिएको छ ।