इजरायलद्वारा नेपालका ३ अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

चैत्र ०२,२०७७

-आस्था न्यूज

चैत्र २, २०७७ काठमाडौं ।
नेपालस्थित इजरायली दुतावासले नेपालका ३ ओटा अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
 
कोभिड-१९ लगायत अन्य स्वस्थ्य चुनौतीसंग लड्न तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नका लागि सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य उपकरणहरु प्रदान गरेको दुतावासले जनाएको छ । 
 
आज एक कार्यक्रमका गरी इजरायली दूतावासले नेपालको विर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताल/काठमार्डौ विश्वविद्यालय अस्पताललाई स्वास्थ्य उपकरणहरु प्रदान गरेको हो ।
 
स्वास्थ्य उपकरण हस्तान्तरगर्दै इजराईली राजदूत हनान गोडरले यो सहयोग नेपाल–इजराईल सम्बन्धको एउटा पाटो रहेको र यस किसिमको सहकार्यले कोभिड–१९ विरुद्ध लड्न साझा अवधारणा विकास गर्नेमा विश्वास व्यक्त गर्नुभयो । 
 
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले इजराईली दूतावासद्वारा प्रदान गरिएका उपकरणहरु विश्व समुदायबाट नेपाललाई दर्शाइएको सद्भावको अनुपम उदाहरण रहेको र यसले कोभिड–१९ विरुद्ध एकजुट भएर सामना गर्न थप सहयोग पुग्ने बताउनुभभयो । 
 
विर अस्पतालका कन्सलटेन्ट हाडजोर्नी विषेशज्ञ डा. श्रृषि विष्टले महामारीको समयमा गरिएको सहयोग प्रति इजराईली जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । 
 
कार्यक्रममा वोल्दै धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले इजराईली दूतावास र धुलिखेल अस्पताल बिचको लामो सहकार्य मार्फत् धुलिखेल अस्पतालको समग्र स्वास्थ्य सेवा प्रवाहमा सुधार भएको र अहिले अस्पताललाई प्राप्त भएको उपकरणले अस्पतालको स्वच्छता एवं विरामीको स्यहारमा थप सुविधा प्राप्त भएको धारणा राख्नुभयो ।