Trending :
 

खेलकुद गतिविधि

बुधबारको मैत्रीपूर्ण खेलमा नेपालको जित

भाद्र ०१,२०७४

-

 

१ भाद्र,काठमाडौँ-

एएफसी एसियन कप छनोट चरणको खेलको अभ्यासका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ ।

नेपाल राष्ट्रिय टोलीले कान्साइ गाकुइन विश्वविद्यालयको टोलीलाई २-१ ले पराजित गरेको हो।

दोस्रो अभ्यासमा बराबरीतर्फ उन्मुख खेलमा सुमन लामाले अतिरिक्त समयमा गोल गरेपछि नेपाल विजयी रह्यो । सुमनले अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

यसअघि पहिलो हाफको १२औं मिनेटमा विमल घर्ती मगरको गोलबाट खेलमा अग्रता कायम गरको नेपालको अग्रता लामो समयसम्म टिक्न सकेन । २५औं मिनेटमा गाकुइनले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

एएफसी एसियन कप छनोटअन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा गाम्बा ओसकाको यू-२३ टोलीसँग १-१ को बराबरी खेलेको थियो ।

नेपालले बिहीबार अमिटी स्पोटर्स क्लबको सामना गर्नेछ ।