कोरोना जोखिमले विकास खर्च कम भएको अर्थ मन्त्रालयको जिकिर

चैत्र ०५,२०७७

-आस्था न्यूज

चैत ५,२०७७ काठमाडौं ।
अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड(१९ महामारी नै मुख्य कारण भएको बताएको छ । अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो ।
अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१.७ प्रतिशत कम खर्च भएको छ ।
 
मन्त्रालयले भनेको छ, ‘खासगरी कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणले गति लिन नसकेको कारण पुँजीगत खर्चले अपेक्षित गति लिन सकेको छैन ।’ यसअवधिमा कुल संघीय खर्च भने ३३.८८ प्रतिशत भएको छ ।