Trending :
 

आर्थिक प्रसङ्ग

क्षमादेवी लाईट हाउस प्रा.ली.ले ल्यायो गुणस्तरीय विद्युत सामाग्री

भाद्र ०१,२०७४

-

१ भाद्र,काठमाडौँ-

अत्याधुनिक जीवन शैलीको पर्यावाची बनेको झिलिमिली बत्ति र यसको सजावट साथै सौन्दर्य हिजोआज सबैको रोजाईमा पर्ने गरेको छ ।

यस्तै आधुनिक बत्ति र गुणस्तर चाहनेका लागि जर्मनमा बनेको एलइडी लाइट तथा फिटिङ्गका विद्युतीय सामाग्रीहरु हालसालैबाट नेपाली बजारमा उपलब्ध हुन थालेको छ । बिश्व प्रसिद्ध जर्मनी ब्राण्ड लिपरको एलइडी लाइट तथा फिटिङ्गका विद्युतीय सामाग्रीहरु नेपाली बजारमा बिक्रि वितरण शुरु भएको हो ।

क्षमादेवी लाईट हाउस प्रा.ली.ले बजारमा ल्याएको यस ब्राण्डका बिधुत्तिय सामग्रीले यूरोपियन जीवनशैली र गुणस्तर खोज्ने जो कोहिका लागि पनि पहिलो रोजाई बन्ने कम्पनीले दाबी गरेको छ । जर्मनी लिपरले सन् १९१२ देखि आफ्नो गुणस्तरीय बिधुत्तिय सामानहरु बिश्व बजारमा बेच्दै आएको छ ।

नेपाल बिद्युत प्राधिकरणले ल्याएको उज्यालो नेपाल अभियानलाई सहयोग पुर्याउने उद्देश्यले यो अत्याधुनिक एलइडी लाईट बजारमा ल्याएको कम्पनीका अध्यक्ष राजकुमार बस्नेतले बताए । उनका अनुसार यो लाईट अनुसन्धान र विकासमा सधैं अग्रसर हुँदै आएकाले गुणस्तरीय हुनु का साथै यसले कम बिद्युत खपत हुन्छ । क्षमादेवी लाईट हाउस प्रा.ली.ले विश्व बजारमा प्रसिद्ध ब्राण्डका यी बिद्युतीय सामग्री बजारमा भित्र्याएको यस लाईटमा २ वर्षको ग्यारेन्टी रहेको छ ।

नेपाल अधिराज्यभर डिलर मार्फत बजार व्यवस्थापन गरेर नेपालभरि बिक्रि वितरण गर्ने योजनामा कम्पनी रहेको छ ।