राष्ट्र बैंकबाट ५ सय डलरसम्मको भुक्तानी सेवा अनलाइनबाटै गर्न सकिने

चैत्र ०९,२०७७

-आस्था न्यूज

चैत ९,२०७७ काठमाडौं ।
 
नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ ।
 
जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो । नेपाली बैंकमार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।
 
वाणिज्य बैंक र विकास बैंकलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अधिकार दिएको हो ।  कार्डमार्फत मात्रै वस्तु तथा सेवा खरिदको भुक्तानी हुँदै आएकोमा केन्द्रीय बैंकले नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था मिलाएको हो ।
 
ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय  वा सो बरावरको अपरिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।