अरुण तेस्रोको बिजुली बिक्रीका लागि प्रस्ताव आह्वान

चैत्र ०९,२०७७

-

चैत ९,२०७७ काठमाडौं ।
नेपालमा अरुण तेस्रो आयोजना बनाइरहेको एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुली बिक्रीका प्रस्ताव आह्वान गरेको छ ।
 
सोमबार एक सूचना जारी गर्दै कम्पनीले भारतले संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको अरुण–३ जलविद्युत परियोजनाबाट उत्पादन हुने बिजुली बिक्रीका लागि कम्पनी छनोट गर्न लागेको हो ।
 
कम्पनीका प्रमुख इन्जिनियर विवेक शर्माका अनुसार बंगलादेश, भारत र नेपालका कम्पनीले बिजुलीको दरमा प्रतिस्पर्धा गर्नसक्नेछन् । प्रतिस्पर्धाबाट छानोट हुने प्रस्तावकर्ताले एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीसँग २५ वर्षका लागि विद्युत खरिद सम्झौता ९पीपीए० गर्न सक्ने जनाईएको छ ।
 
कम्पनीले उत्कृष्ट मूल्य दिने प्रस्तावकर्तालाई बिजुली बिक्री गर्नेछ । अरुण तेस्रोमा अहिलेसम्म ३५ प्रतिशत बढी निर्माणको काम सकिएको छ ।