छोराछोरीको गाँस काटेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाँउने पवित्रा गौतमको घोषणा
-आस्था न्यूज
चैत १६, २०७७ काठमाडौं ।
इजरायलबाट समाजसेवी पवित्रा गौतमले धुर्मुस-सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्नका लागि छोराछोरीको गाँस काटेरै भएपनि सहयोग संकलन गर्ने घोषणा गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत समाजसेवी गौतमले यस्तो घोषणा गर्नुभएको हो ।
क्रिकेट रंगशालाको निर्माण जारी रहेका बेला रकम अपुग भएपछि धुर्मुस-सुन्तलीले घरदैलो अभियान चलाइरहेका बेला गौतमले आफु विदेशी भूमिमा बसेरपनि रंगशाला सम्पन्न गर्न साथिभाईमार्फत जम्मा भएको रकम फाउण्डेशनलाई सहयोग गर्ने वाचा गर्नुभएको हो ।
यसैगरी तारा बराल नामकी व्यक्तिले क्रिकेट रंगशाला बनाउँनका निम्ति सहयोग गर्नुको सट्टा भत्काउने अभिव्यक्ति दिएकोप्रति पनि उहाले आपत्ति जनाउनुभएको छ ।
गौतमले धुर्मुस-सुन्तलीले नेपालको माटो अमेरिका लगेर रंगशाला बनाउँन लागेको नभई नेपाल र नेपालीकै विकासका लागि सरकारसँगको समन्वयमा सेवा गरिरहेको भन्दै तारा जस्ता व्यक्तिलाई त्यस्ता निच खाले अभिव्यक्ति नदिन पनि चेतावनी दिनुभयो ।
तारा बरालले केही दिनअघि एक यूटुवरमार्फत धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन क्रिकेट रंगशाला बनाएको स्थान उत्पादनमुलक व्यवसाय गर्ने जग्गा भएकोले रंगशाला नै भत्काईदिने भनि अन्तरवार्ता दिएकी थिईन् ।
समाजसेवी गौतमले क्रिकेट रंगशाला निर्माणका लागि यसअघिपनि दुईपटक आर्थिक सहयोग हस्तान्तरण गरेको प्रसंग निकाल्दै विदेशी भूमिमा कयौं दाजुभाई दिदीबहिनीहरुले आफु र आफ्ना छोराछोरीको गाँस कटाएर सहयोग गरेको भन्दै तारालाई भत्काईदिने अधिकार कसैले नदिएको पनि स्मरण गराउनुभयो ।
यदी धुर्मुस सुन्तलीलले अनियमितता गरेको खण्डमा आम सहयोगी दाताहरु स्वयंमले नै प्रश्न गर्नसक्ने हुँदाहुँदै कुनैपनि सहयोग नगर्ने ताराले घरमै बसेर निच खालका अभिव्यक्ति दिन नमिल्ने उहाको भनाई छ ।
उहाले प्रवासमा बस्ने केही नेपालीहरु मिलेर धुर्मुस-सुन्तलीद्धारा निर्माणाधिन क्रिकेट रंगशालाको लागि आर्थिक सहयोग संकलन गरेर पठाउने योजना बनाइरहेको समेत जानकारी दिनुभयो ।
गौतमले भन्नुभएको छ, “यस अघि पनि मैले व्यक्तिगत सहयोग गरिसकेको छु । धुर्मुस–सुन्तली डगमगाउन पर्दैन, प्रवासमा भएरपनि हामी तपाईहरुको काम नियालीरहेका छौं । खुट्टा तान्नेहरुको पछि नलागौं, यो क्रिकेट रंगशालामा हामी खेल्दैनौं तर सम्पूर्ण नेपाली र खेल्नेहरुका लागि सान हुनेछ । तपाई हाम्रै नाम हुने छ !!”
उहाले सबैको सहयोगमा एक दिन अवश्य क्रिकेट रंगशालाको निर्माण सम्पन्न हुने पनि विश्वास व्यक्त गर्नुभएको छ ।