Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव

भाद्र ०२,२०७४

-एजेन्सी

२ भाद्र/सोल-

दक्षिण कोरियाले उत्तर कोरियासँग पु:न वार्ताको प्रस्ताव गरेको छ ।

प्रायः दुर्लभ मानिने उत्तर–दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रूपमा लिइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन् । उनले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताएका हुन् । यसअघि गत महिना मात्र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेका थिए । त्यस समय पनि उनले सो वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर सो प्रस्ताव अघि बढ्न सकेको छैन ।

त्यसको महिना दिनपछि दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग यो शान्तिवार्ताको प्रस्ताव गरेका हुन् । बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गरेको सम्बोधनमा उनले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हल गर्न सकिने प्रस्ताव गरेको अनुमान गरिएको छ । सन् १९५० देखि १९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समयसमयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेडक्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो । गत महिना मात्र पनि दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाउँमा वार्ता गर्न प्रस्ताव राखेको थियो । त्यस स्थानमा यसअघि पनि यी दुई देशबीच वार्ता हुने गरेको थियो । त्यस विषयमा पनि उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । उसले दक्षिण कोरियासँग वार्ता गर्ने वा नगर्ने कुनै पनि विषयमा केही जवाफ दिएको छैन । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने उद्देश्यले दक्षिण कोरियाली राष्ट्रपतिले बिहीबार गरेको प्रस्तावका बारेमा पनि उत्तरको जवाफ कस्तो आउँछ भन्ने बारेमा अहिलेसम्म भन्न सकिने अवस्था छैन । सन् २०१५ को अक्टोबरपछि दुवै देशका तर्फबाट कुनै वार्ता भएको छैन ।

त्यसैगरी त्यसयता दुवै देशका तर्फबाट गर्ने गरिएको पारिवारिक पुनर्मिलन पनि हुन सकिरहेको छैन । पारिवारिक पुनर्मिललनका लागि दक्षिण कोरियाली सरकारलाई नागरिकले दबाब दिइरहेका छन् । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रूपमा देश टुक्रिएका थिए । त्यसलगत्तै जो जता परे, त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजारभन्दा बढी संख्याका नागरिक अलग भएका थिए । उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिण कोरिया, अमेरिका तथा विश्व समुदायको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरू उत्तर कोरियाले आक्रामक रूपमा दिने गरेको छ ।

र्ता अरू कुनै पनि सर्तका आधारमा नभई शान्तिको सर्तमा मात्र हुनेछ ।’ इनले विगत वर्षहरूका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रूपमा अघि बढ्न आफू तयार रहेको धारणा पनि राखे । उनले अहिलेको उत्तेजक व्यवहार तत्कालै स्थगित गरेर वार्ताको माध्यमबाट जस्तोसुकै समस्याको समाधान पनि गर्न सकिन्छ भन्ने हिसाबले लाग्नुपर्नेमा जोड दिए । उनले वार्ताका लागि वातावरण बनाउने काममा उत्तर कोरिया नै लाग्नुपर्नेमा पनि जोड दिए । उनले भने, ‘अहिलेका लागि सबै छोडेर वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्छु ।’ उनले गत महिना कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि भन्दै अमेरिकाको भ्रमण गरेका थिए ।