तेस्रो आइएमई जुनियर टेनिस प्रतियोगिता शुरू

चैत्र १८,२०७७

-आस्था न्यूज

चैत १८, २०७७ काठमाडौं ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ मंगलबारदेखि काठमाडौं स्थित मण्डीखाटार टेनिस क्लबमा शुरु भएको छ ।
 
प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम्कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको
बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम्आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो ।
 
यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म हुने उक्त प्रतियोगितामा यू८–यू १६ उमेर समुहका १ सय ५ जना खेलाडीहरूले भाग लिएका छन् ।