बिमस्टेक बैठक सम्पन्न, म्यानमारको विषयले प्रवेश नै पाएन

चैत्र १९,२०७७

-आस्था न्यूज

चैत १९,२०७७ काठमाडौ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०का परराष्ट्रमन्त्रीहरुको १७औं बैठक सम्पन्न भएको छ ।
 
बैठकमा म्यानमारमा भइरहेको नरसंहारको विषय अन्य मुलुकले उठाउने अपेक्षा गरिएपनि त्यस विषयले प्रवेश नै पाएन । कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले म्यानमारमा भएको नरसंहारको विषय उठाएनन् ।
 
बिमस्टेकको वर्तमान अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा विशेषतः ५ औं शिखर सम्मेलनको तयारीको बारेमा छलफल भएको थियो ।
 
बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचौं शिखर सम्मेलन यसै वर्षको नोभेम्बर महिना गर्ने तयारी छ ।
 
बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने सहमति बनेको छ । त्यसैगरी सदस्य मुलुकहरुको बीचमा प्रविधिको हस्तान्तरणसम्बन्धी सहमतिलाई समेत अगाडि सहमति भएको छ ।
 
मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकलाई अगाडि बढाउनको लागि सशक्त इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।