हात्तीको आक्रमणबाट कैलालीमा एक जनाको मृत्युु

चैत्र २१,२०७७

-रासस

चैत्र २१,२०७७ काठमाडौं ।
कैलालीको जानकी गाउँपालिका-६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।
 
प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए । 
 
चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।